शोधसार
विष्णु बहादुर के.सी.
शैक्षिक सत्र २०७०
नेपालमा विद्यालयको तह अन्तरगत आधारभूत तहको पाठ्यक्रममा शान्तिशिक्षा ः बौद्धदर्शनको परिप्रेक्ष्यमा शीर्षकमा शोध अनुसन्धान गरिएको छ । यस अनुसन्धानमा विद्यालय पाठ्यक्रममा शान्तिशिक्षा सम्बन्धित पक्षहरूको अवस्था पत्ता लगाउने, विद्यालय शिक्षामा बौद्ध दर्शनका दार्शनिक र शैक्षिक पक्षहरू र शान्तिशिक्षाको प्रयोगका अवस्थाको खोजी गर्ने रहेकोछ । बौद्धदर्शनको परिप्रेक्ष्यमा विश्लेषण गरिएको छ । बौद्ध दर्शनको पञ्चशिल र आर्य आष्टाङ्गिक मार्गलाई आधारमा विश्लेषण गरिएको छ । युनेस्को चार पिलर अन्तरर्गत जान्नको लागि सिकाइ, गर्नको लागि सिकाइ, संगै बाँच्नको लागि सिकाइ र बन्नको लागि सिकाइ, बेन्जामिन एस. ब्लुमको शैक्षिक उद्देश्यको वर्गीकरण संशोधन सहितको, स्टोमफे स्टोजको शान्तिको नमूना , केयिन कटरको शान्तिशिक्षाको नमूना र हरिस इमानको शान्ति शिक्षाको सिद्धान्तलाई मुख्य आधारमा लिएर विश्लेषण गरिएको छ । दार्शनिक आधारमा बौद्धदर्शन लिइएर विशलेषण गरिएको छ । आगमन विधिको प्रयोग गरेर गुणात्मक ढाचा रहेर अनुसाधान गरिएको छ । मामला अध्ययन प्रकियामा बहु मामला ९ःगतिष्उभि अबकभ० लाई लिएर अध्ययन गरिएको छ । यस अनुसन्धान सामुदायिक विद्यालय अन्तर्गत साधारण शिक्षा, संस्कृत शिक्षा र गोम्पा तथा विहार शिक्षालाई अनुसन्धानको क्षेत्र बनाइएको थियो । यस तहका नेपाली, सामाजिक अध्ययन, सिर्जनात्मक कला , विज्ञान, स्वास्थ्य र शारीरिक शिक्षा र नैतिक शिक्षा विषयको पाठ्यक्रम भित्र शान्तिका पक्षहरूको खोजी गरिएको थियो । गोम्पा तथा विहार विद्यालयमा परियति शिक्षालाई मात्र लिएर शान्तिशिक्षाका पक्षहरूको खोजी गरिएको थियो । पाठ्यक्रम विज्ञ, पाठ्यपुस्तक लेखक, प्रधानध्यापक, शिक्षक, बौद्ध र हिन्दु दर्शनका विज्ञ र विद्यार्थीहरुसंग अन्तवार्ता र समूह छलफल साधनको प्रयोगगरी प्राथमिक तथ्याङ्क सङ्कलन गरिएको थियो । पाठ्यक्रम र पाठ्यपुस्तको अध्ययन गरी सहायक तथ्याङ्क सङ्कलन गरी विश्लेषण गरिएको थियो ।
शान्तिशिक्षा सम्बन्धी स्पष्ट राष्ट्रिय शिक्षाका उद्देश्य र तहगत उद्देश्यहरूमा रहेको छैन् । शान्तिसंग सम्बन्धित पक्षहरू सामाजिक अध्ययन, नेपाली, विज्ञान, स्वास्थ्य र शारीरिक, सिर्जनात्मक र नैतिक शिक्षामा रहेका छन् । यी विषयहरूमा सामाजिकता, मानवीय मूल्य, आस्था, सेवाभाव, प्रजातात्रिक, लोकतन्त्र, सद्भाव, सहयोग , चरित्र, नैतिकता, एकता, मैत्री, सहिष्णुता, विश्ववन्धुत्व र मानवअधिकार मुख्य रूपमा रहेको पाइयो । बौद्ध शिक्षा अन्तर्गत परियत्ति शिक्षामा ध्यान, शील, प्रज्ञा, सेवा, मैत्री, भावाना, समभाव, आर्य आष्टाङ्गिक मार्ग, पञ्चशिल , पुण्य काम, सकारात्मक सोच , कर्तव्यबोध , सफल जीवनका सुत्रहरू, शान्त र असल पक्षहरू रहेका पाइयो ।
विद्यालय तहमा युनेस्को राखेका शिक्षाका चार पिलर साथै शिक्षाका राष्ट्रिय उद्देश्यहरू र तहगत उद्देश्यहरूमा राखेका शान्तिशिक्षाका पक्षहरूको अपेक्षित विद्यार्थीहरूमा व्यवहार एंव ज्ञान, सीप र धारणा विकास गर्न शान्तिशिक्षाको महत्वपूर्ण पक्षहरू पठ्यक्रममा समावेश गर्नु पर्दछ । विशेष गरी ध्यान, पञ्चशिलका पक्षहरु र आर्य अष्टाङ्घिक मार्ग र मैत्री, करुणा, मुदिना र उपेक्षालाइ शान्न्तिशिक्षामा समावेश गराउनु पर्दछ । शान्तिशिक्षामा आस्था, सहिष्णुता, मानवअधिकार, रचनात्मक सोच, सकारात्मक सोच, अनुशासन, मानवता, सामाजिक न्याय र वातावरण सचेतनाका विषयवस्तु प्रत्यक्ष स्पष्ट रूपमा पाठ्यक्रममा समावेश गर्नुपर्दछ । विद्यालय शिक्षाको पाठ्यक्रम र पाठ्यपुस्तकमा शान्तिका पक्षहरू, आन्तरिक रूपमा शान्तिको अनुभूती गर्ने बौद्धदर्शन र पश्चिमेली दर्शनका पक्षहरू समेटी एउटा कोर विषय बनाउनु पर्दछ । समग्रतामा मानवता विकास गराउने शान्तिशिक्षा हुनुपर्ने अध्ययनको निष्कर्ष रहेको छ ।